तमुधिं यूकेको २१ औं ल्होछार कार्यक्रम एम्पायर हलमा जारी

SHARE:

लन्डन डिसेम्बर २७ । तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा २१ औं ल्होछार कार्यक्रम जारी छ । यस वर्ष तो ल्हो अर्थात् बाघ वर्ग परेको छ । गत वर्ष कोरोना भाइरस महामारीका कारण प्रभावित भएको ल्होछार कार्यक्रम भने सञ्चालन गरिएको हो । कार्यक्रम महासचिव परशु गुरुङले सञ्चालन गरेका छन् । उपस्थित अतिथिलाई तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले खादा लगाएर स्वागत सम्मान गरेका छन् ।

कार्यक्रमको सुरुआतमा नेपाली राष्ट्रिय गानलगायत गीत बजाइएको थियो भने संस्थाका आबद्ध र तिन परिवारका दिवंगतको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।

तमुधिंका उपाध्यक्ष जुमकाजी गुरुङको संयोजनमा कार्यक्रम भइरहेको छ । सांगीतिक कार्यक्रमका लागि नेपालबाट गायिका पवित्र गुरुङ शनिबार नै बेलायत आइपुगेकी छन् ।

तमुधिं यूकेले बेलायतवासी नेपालीलाई एकै ठाउँमा भेला गराएर आपसी पहिचान, सद्भाव कायम राख्दै सांस्कृतिक चाड जोगाइराख्नका लागि हरेक वर्ष ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।

नेपाली गुरुङ, तामाङ, शेर्पालगायतले ल्होछार (नयाँ वर्ष) लाई पर्वको रुपमा मनाउने गर्छन् । विशेषगरी तमु ल्होछार मितिको आधारमा हरेक पुस १५ गते मनाइन्छ । तर प्रवासी नेपालीहरुको अनुकूलताको आधारमा पुस १५ को आसपासमा विविध कार्यक्रम गरी मनाइने चलन छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!