एनआरएनए युकेले घाइते र अपाङ्गहरुको सहयोगार्थ च्यारिटी गर्ने

SHARE:

एटा संवाददाता
अल्डरसट । एनआरएनए युकेले घाइते र अपाङ्गहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएन यूकेले गत २९ जून शुक्रबार साँझ अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आउँदो १ सेप्टेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको कार्यक्रममा गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित ग्यालन्ट्री क्रसबाट सम्मानित गोर्खा सैनिक दिपप्रसाद पुनलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गराउन आवश्यक तयारी गरिएको जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा शारीरिक अपाङ्गता भएर पनि समाजमा योगदान पुर्‍याउन सफल आधा दर्जनभन्दा बढी उदाहरणीय व्यक्तिहरुले विशेष प्रस्तुति दिने भएका छन् । कार्यक्रममा एक खुट्टाले नृत्य गरेर ख्याती कमाएकी नेपालकी निलम ढुंगाना, भूतपूर्व गोर्खा हरि बुढा मगर, विनोद बुढाथोकी, अनिल गुरुङ, नेत्र राना, कौशल लिम्बू र शिव थजालीले आ–आफ्नो प्रतिभा देखाउने भएका छन् ।

एनआरएन यूके उपाध्यक्ष एवं च्यारिटी संयोजक प्रेम गाहा मगरले घाइते र अपाङ्गहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम गरिन लागिएको बताउँदै शारीरिक अपाङ्गता भएर पनि सामाजिक कार्य गर्दै आएका उदाहरणीय व्यक्तिहरुलाई प्रोत्साहन र सम्मान गरिने जनाए । त्यस्तै उनले संकलित रकम नेपाल तथा बेलायतमा अपाङ्गता भएकाहरुको लागि सहयोग गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले फरक क्षमता भएका व्यक्तिहरुलाई हौसला र सम्मान गर्न लागिएको बताए । त्यस्तै, उपाध्यक्ष शेर सुनारले अपाङ्गता भएर पनि समाजलाई विशेष योगदान दिएका व्यक्तिहरुलाई एनआरएन यूके सधैं सम्मान गर्न तयार रहेको बताउँदै कार्यक्रमलाई सफल बनाइदिन हुन अनुरोध गरे । एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले सो कार्यक्रम समाजका लागि एउटा नयाँ र सकारात्मक बन्ने विश्वास व्यक्त गरे ।

करिब १४ हजार पाउन्ड संकलन गर्ने उद्देश्यका साथ आयोजना गरिन लागिएको कार्यक्रमका लागि प्रवेश शुल्कबापत प्रतिव्यक्ति ४० पाउन्ड लिने आयोजकले जनायो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!