
बेलायत – बेलायतबासी मगरहरुले सनिवार १५ जनवरी २०२२ को दिन बेलायतका बिभिन्न स्थानहरुमा पितृ पूजा गरेर माघे संक्रान्ति मनाएका छन। त्यस्तै मगर संघ युकेको युनाइटेड हाम्सयर, सरे एण्ड बाक्सयर (युएचएसबी) शाखाले पनि बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट कलेजमा कोभिड १९ को मापदण्ड तथा सुरक्षाको पालना गर्दै भब्यताको साथ माघे संक्रान्ति मनाएका छन।
कार्यक्रमको पहिलो चरणमा मगर संघ युके युएचएसबी शाखाका निबर्तमान उपाध्यक्ष ओम थापा काउचाको नेतृत्वमा पितृ पूजा गरेर थालनी गरिएको थियो। कार्यक्रममा दियो प्रज्वलन गर्नुको साथै दिबंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै संस्थाका अध्यक्ष हेमा रानाले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागत गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। ओम प्रसाद थापा, वीर बलाल, टोप पल्ली, गीता पाइजा र जेसीमा पुनले सोरठी नृत्य प्रस्तुत गरेका थिए भने शिला थापा, रैसा राना, वर्षा थापा, गीता पाइजा, सजीना पुन, रेजीना पुन, बिपिना पुन, जेसिमा पुन, प्रकाश गर्बुजा, सुमन श्रीस, अमित बुरा, आरति थापा, रस्मीता थापा, रिबु थापाले कौराह, सालैजोलगायत बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।
माघे संक्रान्ति मनाउनका स्थानीय दिदिबहिनिहरुले घरबाटै बिभिन्न परिकारहरु पकाएर ल्याएका थिए। सो कार्यक्रमको लागि द प्यालेस रेस्टुरेन्टले भोजनको ब्याबस्था गरेका थिए भने गोर्खा साउण्ड सिस्टमले पीए सिस्टमको ब्याबस्था गरेका थिए। कार्यक्रमको अन्त्यतिर राफल ड्रो गरिएको थियो। राफल ड्रोको लागि प्रथम, दोस्रो, तेस्रो र चौथो पुरुष्कारको प्रायोजन क्रमश: सुमन पुन, हेमा राना, भिमा ढेगा र क्याप्टेन वीर बहादुर थापाले गरेका थिए भने पुरष्कार हात पार्न सफल बिजेताहरु क्रमश: अमर रोका, सोम राना, आशा थापा र ओम थापा थिए।

अध्यक्ष हेमा रानाको अध्यक्षतामा संचालित माघे संक्रान्ति कायक्रमलाई संस्थाका सचिब बिर बलालले संचालन गरेका थिए भने कार्यक्रममा मगर संघ युकेका बर्तमान तथा निबर्तमान पदाधिकारीहरु, ट्रस्टीहरु, युएचएसबी शाखाका बर्तमान तथा निबर्तमान पदाधिकारीहरुलगायत स्थानीयबासीको बाख्लो उपस्थिति रहेको थियो।






