
जयराम तामाङ
बेलायत – बिश्व नेपाली साहित्य महासंघ बेलायतको पश्चिमा शाखाको नियमित बैठक यहि जनवरी २९ तारिख शनिबारको दिन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ।
बैठकमा शाखाका अध्यक्ष लालसुन्दर राईले संथाका संरक्षक श्री खेम गुरुङको सुपुत्र चिराग गुरुङले मेडिकल डाक्टरमा सफलता पुर्बक उतिर्ण गर्नु भएर स्विण्डन स्थित ग्रेट वेस्टर्न हस्पिटलमा कार्यरत हुनुभएकोमा शाखाले बधाई दिएको थियो भने नव आगन्तुक सदस्य श्रीमती गङ्गा भण्डारीलाइ स्वागत गर्नुभएको थियो।
बैठकले मार्च महिनाको १२ तारिख विश्व महिला दिवस मनाउने निर्णय गर्नुको साथै उक्त महिला दिवसको संयोजक शाखाकी सदस्य लिला सेलिङ्ग माबोलाई र गोमा रानालाइ उपसंयोजकमा सर्बसहमत रुपमा चयन गरेको छ। प्रमुख अतिथिमा बेलायतको लागि नेपाली राजदुतलाइ र बिशेष अतिथिमा गैर आवासीय नेपाली संघ युकेका अध्यक्षलाइ निमन्त्रण गरिने भएकोछ ।
मे महिनामा हुनगैरहेको भूपी शेरचनको जन्म जयन्ति मनाउनको लागि के कस्तो तयारी गर्ने र कसरी मनाउने भन्ने बारेमा पनि बैठकले निर्णय गरेको छ।
बिश्व नेपाली साहित्य महासंघ बेलायतको पश्चिमा शाखाको अध्यक्ष श्री लाल सुन्दर राइको अध्यक्षतामा सम्पन्न बैठकलाई शाखाकै सचिब शान्ति लिम्बुले संचालन गर्नु भएको थियो। बैठकमा बिनेसाम दक्षिण शाखाको अध्यक्ष बिजय हितान पर्यवेक्षकको रुपमा उपस्थित भएको थियो भने शाखाका संरक्षक खेम गुरुङ,सल्लहाकारहरु दुत पुन, होम किरात सुनुवार र रिम गलामीमगरलगायत शाखाका पदाधिकारीहरुलगायत साहित्यप्रेमीहरुको उपस्थित रहेको थियो।






