मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य – वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ

SHARE:

रश्मिला श्रेष्ठ नेपालको सौन्दर्य व्यवसाय क्षेत्रका लागि चिरपरिचित नाम हो । धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ कर्म र संघर्ष मन पराउँछिन् । बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् । विगत १४ वर्षदेखि सौन्दर्य व्यवसाय पेशामा बिताइसकेकी रश्मिला सौन्दर्य व्यवसायमा चर्चित छिन् । उनले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौंको मुटु सुन्धारास्थित काठमाडौं मलमा स्थापना गरी व्यावसायिक रुपमा पार्लर ब्यवसाय सुरु गरेकी थिइन् । काठमाडौं मलको चौथो तल्लाबाट व्यवसाय संचालन गरी गोंगबुको बिजी मल, माछापोखरीको बुद्ध मल र काठमाडौं मलको पहिलो तल्लामा आफ्नो व्यवसाय विस्तार गर्दै नेपालको न. १ ब्युटी पार्लर बन्न सफल भएको छ ।

सेलिब्रेटीदेखि व्यवसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तर्राष्ट्रियस्तरको सम्पूर्ण सुविधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मीबाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्यसम्बन्धी विशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिँदै आएको छ । सम्पूर्ण सुविधासम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर नेपालमा मात्र नभएर विदेशमा समेत ख्याति कमाउन सफल स्थापित र परिचित ब्राण्ड बनिसकेको छ । सयौं कर्मचारीलाई रोजगारी प्रदान गर्दै हजारौं महिला तथा पुरुषहरुलाई विभिन्न सिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाइसकेकी उनले सुरुवाती समयमा निकै कठिन परिस्थितिमा आफूले काम गर्न परेको अनुभब सुनाउँछिन् । उद्योग व्यवसाय, महिला सशक्तीकरण, सामाजिक कार्य र नारी हकहितमा दरिलो खम्बा बनेकी वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ गरिएको संक्षिप्त कुराकानी :

– आजभोलि के गर्दै हुनु हुन्छ ?
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ४ वटा शाखाहरु रहेको छ। भर्खरै मात्र रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १४ औं बार्षिक उत्सब विभिन्न कार्यक्रम गरि भब्यताको साथ मनायौ। म धेरैजसो समय पार्लरहरुमा नै ब्यस्त हुन्छु, त्यसको अलवा दैनिक सयौं सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै तथा विभिन्न कार्यक्रम र सेमिनारहरुमा भाग लिदैं दिनचर्या बितिरहेको छ।

– तपाईं ब्युटिसीयन क्षेत्रमा कसरी लाग्नुभयो ?
पहीला देखिनै श्रिजनसील, कलात्मक र क्रियाशील हुन रुचाउने मेरो व्यक्तित्व थियो। महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। मेरो सोहि स्वभाब र आफ्नै क्षमता, योग्यताका साथ एउटा उच्च र अग्रस्थानमा आफुलाइ पुगेको हेर्न चाहन्थें। मेरो लक्ष्य र सपनाकै कारण म यस्तो कामको खोजिमा थिए जसले मलाइ नाम ईज्जत स्वाभिमान दिनुका साथ व्यवसायिक र आर्थिक रुपमा सवल बनाओस, त्यहि अभिप्रायका साथ आफ्नो पेशामा दक्षता हासिल गर्दै यहिँ क्षेत्रमा कार्यरत रही देश र समाजको लागि केही गरेर देखाउने इच्छाले सौन्दर्य पेशामा आबद्द भएको छु।

– नेपाली समाजमा सौन्दर्यकर्मीहरुको भूमिका कस्तो छ ?
पछिल्लो समय सौन्दर्य पेशाले समाजमा प्रत्यक्ष प्रभाव पारेको छ किनभने यस क्षेत्रमा आबद्ध भएर सौन्दर्कर्मीहरुले आफुलाइ सक्षम उद्धमशील र व्यवसायी बन्ने अवशर प्राप्त गरेका छन् । हामीले मुलुकको आर्थिक सम्बृदको लागि टेवा पुर्याउने कार्य गर्दै आएका छौ। स्वाभिमानका साथ थोरै लगानी गर्दै जुनसुकै ठाउमा पनी संचालन गर्न सकीने यो व्यवसायमा मानसम्मान पनी त्यतीकै छ । यस पेशाले स्वाबलम्बी र आत्मनिर्भर बनाउने ठुलो सहयोग पुर्याएको छ । महीलाहरुलाइ स्वरोजगार र आत्मानिर्भर बनाउनु नै समाज र सामाजिक स्तरलाइ माथी उठाउनु हो ।

-तपाईंको विचारमा सुन्दरता के हो ?
सुन्दर हुनु भनेको आवरणमा आफुलाई चिरिच्याट्ट देखाउनु मात्र होइन, भित्रैबाट आफ्नो आत्मविश्वास र दृढता प्रकट गर्नु पनि हो । आत्मविश्वास र दृढताले मान्छेको व्यक्तित्व प्रभावशाली देखिन्छ । अतः खास सुन्दरता यसैमा झल्कन्छ । कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ। मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। प्रकृतीले नै हरेक मानिसलाई जन्मजात केही न केही सुन्दरता दिएको छ । हामि सौन्दर्यकर्मीको त्यसैलाई अलिकति निखार ल्याइदिने हो। उनीहरुको रुप–रंग र जीऊडाल अनुसार मेकअप द्वारा सजाइदिने हो भने बाहिरी आवरणलाइ सुन्दर बनाइदिने हाम्रो काम हो। यो त भयो बाहिरी सुन्दरताको कुरा तर मेरो बिचारमा एउटा सुन्दर व्यक्ति बन्नका लागि दृश्य र अदृश्य अर्थात बाहिरी आवरण र भित्रि मन दुवै आकर्षक हुनुपर्छ । मेरो विचारमा हामीमध्ये धेरैजसो मान्छे सुन्दर यसकारण महसुष गर्दैनौ कि, हामी आफु स्वयम्लाई सुन्दैनौ । यही कारण हो कि, हामी सधै राम्रो महसुष गर्नका लागि कपडा, ब्रान्ड, फेशनलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्छौ । हामीलाई त्यो कुरासम्म थाहा हुँदैन कि हामीमा त्यसको असर पर्यो कि परेन । यसको विपरित, समयसँगै उनीहरुको आत्मविश्वास कमजोर भइरहेको हुन्छ । यसैले मेरो विचारमा चाहे पुरुष होस् वा महिला, सुन्दरता भनेको सहजता महसुष गर्नु हो ।’

-सौन्दर्य ब्यवसायमा पहिले र अहिलेको अबस्था कस्तो छ ?
सुन्दरताले आत्माविश्वास बढाउन मद्दत गर्छ तथापि पहिला पहिला सौन्दर्यकर्मीलाई समाजले राम्रो नजरले हेर्दैन थियो । विभिन्न आक्षेपहरु लगाउने गर्थे तर बिस्तारै समय परिबर्तन हुँदै गयो, मानिसहरुको सोच परिबर्तन हुँदै गयो, मानिसहरु आफ्नो सौन्दर्य प्रति सचेत हुन थाले। अहिले सौन्दर्य ब्यवसाय महिला दिदिबहिनीहरुको लागि एउटा मर्यादित पेशा बनेको छ। स्वरोजगार तथा आत्मानिर्भर हुने एउटा दरिलो पाटो भएको छ। त्यसैले अहिले सौन्दर्य ब्यवसायमा आकर्षण बढेको छ । मानवको व्यक्तित्वमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले पनि होला अहिलेको अबस्थामा सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।

-सौन्दर्य व्यवसायको भविष्य कस्तो होला ?
बाह्य तथा आन्तरिक सुन्दरताले अरुलाई आकर्षण या विकर्षण के गर्छ भन्नेमा भर पर्छ । यस अर्थमा मानव जीवनमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ । सुन्दर देखिने चाहना सबैको हुन्छ,सुन्दरताले गर्दानै मानब जीवन मनमोहक बन्छ त्यसैले सौन्दर्य पेशाको भविश्य सुनौलो छ । किनभने यो सवै आवश्यकता र समयको माग हो । नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समय अघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेश व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ । व्यवसायिक सौन्दर्यकर्मीको आम्दानि समेत मनग्य हुन्छ। यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्, महिलाहरु समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् ।

-सौन्दर्य व्यवसायमा रश्मिला श्रेष्ठको पहिचान के हो ?
रश्मिला श्रेष्ठ एक साधारण नारि हो ? भाग्यमा भन्दा पनि कर्ममा बिश्वास गरेर मेहनतका साथ गुणस्तरीय सेवा प्रदान गर्ने सौन्दर्यकर्मी हुँ। सयौं सौन्दर्यकर्मीहरुलाई रोजगार प्रदान गर्दै हाम्रा भगवानरुपी ग्राहकहरुलाई सुन्दरतामा निखारता ल्याउने काम गर्दै आएकी छु। त्यसका अलावा हामीले सौन्दर्य सम्बन्धि ट्रेनीङ समेत दिदैं आएका छौ। तसर्थ म सबै तह तप्काका मानिसहरु संग मिल्न सक्ने मिलनसार, सहयोगी भावाना भएको महिला हुँ। हाम्रो पेशामा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवाको साथमा इमान्दारिता, बिश्वास चाहिन्छ तसर्थ रश्मिला श्रेष्ठको पहिचान भनेको इमान्दारिता हो। यहि इमान्दारिता र कार्य दक्षताको कारण मेरो फेसियल हाउसमा सेलिब्रेटी, व्यवसायी, गृहिणी देखि सर्वसाधारण सम्मको भिड लाग्ने गरेको छ।

-ब्युटिसियनहरुलाइ के-कस्तो सुझाब दिन चाहनुहुन्छ ?
सौन्दर्य व्यवसाय एक मर्यादित पेशा हो। हामी महिला दिदीबहिनीहरु आत्मनिर्भर भएर स्वरोजगार बन्न सक्ने व्यवसाय भएकोले यो पेशामा आउनु भन्दा अगाडी राम्रो एकेडेमी, ट्रेनीङ सेन्टरमा गएर दक्ष प्रशिक्षकमार्फत तालिम ज्ञान लिनु होला। समयको परिबर्तन संगै नयाँ प्रबिधि, न्यु स्टायलहरु अपडेट भईरहेको हुन्छ त्यसैले हामि ब्युटिसियनहरु पनि समय सगै चल्ने फेसनलाइ पछ्याउदै अपडेट हुन आबश्यक छ।

-अन्त्यमा भन्नु पर्ने केहि कुराहरु छन् कि ?
मेरो व्यक्तिगत जिबन देखि व्यावसायिक जीवनसम्म मलाई हरेकपल साथदिने औधी माया गर्ने मेरो श्रीमान प्रकाश कुमार श्रेष्ठलाइ बिसेष धन्यबाद दिन चाहन्छु। व्यवसायमा प्रतिस्पर्धा हुन्छ तर स्वच्छ व्यावसायिक प्रतिश्प्रधाले व्यवसायलाई सुन्दर भबिष्य तर्फ डोर्‍याउँछ तर यहाँ एक अर्काको खुट्टा तान्ने, झुट बोल्ने, चियोचर्चा गर्ने, रिसराग गर्ने, घृणित खेल खेल्ने काम भईरहेको छ । रिस र घमण्डले आफैलाई सिध्याउछ त्यसैले प्रेम बाढ्न सिक्नुस् । अहिले फेरि हामी नयाँ ओमिक्रोन भेरियन्ट कोरोनाको चपेटामा फस्दै गएका छौं । कतिबेला लकडाउन भएर ब्यापार व्यवसाय बन्द गर्नु पर्ने हो थाहा छैन। कोभिडले गर्दा हाम्रो सौन्दर्य पेशामा समेत ठुलो असर परेको हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!