फोनिज महाधिवेशनका लागि तमुधिं आमा समूह यूकेको ५० हजार सहयोग

SHARE:

लन्डन ५ जनवरी । तमुधिं आमा समूह यूकेले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय महाधिवेशनका लागि आर्थिक सहयोग गरेको छ ।

फागुन पहिलो हप्ता चितवनमा हुने फोनिज महाधिवेशन सफलताको शुभकामनासहित तमुधिं आमा समूह यूकेकी अध्यक्ष मञ्जु गुरुङले शुक्रबार काठमाडौंमा फोनिज अध्यक्ष डण्ड गुरुङलाई ५० हज़ार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र (सूर्य) गुरुङ, आमा समूहकी सन्ध्या गुरुङ, पवित्र गुरुङ लगायतको उपस्थिति थियो ।

उक्त सहयोग रकम मञ्जु गुरुङ, सन्ध्या गुरुङ, मनिता गुरुङ, कमलादेवी गुरुङ, यशोदा गुरुङ, मञ्जु गुरुङ राई, यमन्ती गुरुङ, पुनम गुरुङ, चन्द्रदेवी गुरुङलगायत २६ जनाबाट संकलन गरिएको तमुधिं आमा समूहले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!