एजेन्सी माघ २३ ।

भारतीय सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन भएको छ।
उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा आज विहान निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको विगत दुई सातादेखि सघन उपचार कक्ष आईसीयूमा उपचाररत थिइन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । उनको २८ सेप्टेम्बर, १९२९ मा मध्यप्रदेशमा जन्म भएको थियो । उनका बुवा पण्डित दिनानाथ मंगेशकर मराठी संगीतकार थिए। सानैदेखि संगीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन् ।
उनले ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन् ।






