काठमाडौं फागुन २ ।

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइनस डे ‘प्रणय दिवस’ विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ । युवायुवतीले प्रेमि प्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।






