२३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न

SHARE:

बेलायत – १९ फेब्रुरी २०२२ का दिन विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखा र पश्चिम शाखाको संयुक्त आयोजनामा २३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न भएको छ। कार्यक्रमको सह-आयोजकमा आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ यूके र प्रवासी नेपाली साहित्य समाज रहेका थिए। गत बर्ष तथा पहिलो संस्करणमा मातृभाषाका कबिताहरु बचन गरिएको थियो भने यसबर्ष दोस्रो संकरणमा मातृभाषाका गीत वाचन गरिएको छ ।

२३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव तथा दिवस सेमन्त राईको बासुरीको धुनबाट शुरुआत गरिएको थियो। पहिलो चरणको कार्यक्रममा अमित थेबे र अर्जुन माबोद्वारा लिखित पुस्तकको लोकार्पण गरिएको थियो। कार्यक्रमको दोस्रो चरणमा विश्वका बिभिन्न देशहरुका सहभागी सर्जकहरुले नेवारी, वाम्बुले राई, लिम्बु, सुनुवार, तमु, भोटिया, शेर्पा, याक्ख्या, मैथली, मगर खाम, मगर ढुट, मगर काइके, वल्ल किरात राई, थारु, बान्तवा राई, चाम्लिङ राई, थुलुङ राई , याम्फु, आठपहरिया, धिमाल, तामाङ, थकाली, खसान, याक्थुङलगायत झन्डै दुइ दर्जन भाषाका गीतहरु बाचन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखा र पश्चिम शाखाका अध्यक्षज्युहरु क्रमश: लालसुन्दर राई र विजय हितानलज्युले सयुक्तरुपमा आसनग्रहण गर्नुभएको थियो भने डा. साेमबहादुर धिमालज्युले प्रमुख अतिथिको आथित्य ग्रहण गर्नुभएको थियो। कार्यक्रमको बिशेष अतिथि विश्व नेपाली साहित्य महासंघ केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बु (प्रदेशी) ज्युले बिशेष अतिथिको आथित्य ग्रहण गर्नुभएको थियो। कार्यक्रम विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाका सचिब तथा कार्यक्रमको संयोजक अमित थेबेले संचालन गर्नु भएको थियो भने पश्चिम शाखा यूकेका मिडिया संयोजक तथा सह-संयोजक गोमा रानाले स्वागत मन्तब्य राखेका थिए|

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, विश्व नेपाली साहित्य महासंघ केन्द्रका महासचिब सुनिता राई कन्दंवालगायत ५० भन्दा बढी सर्जकहरु सहभागी थिए। कार्यक्रमको प्रमुख अतिथि डा. सोम बहादुर धिमालज्यु र बिशेष अतिथि सुरेन्द्र लिम्बु (प्रदेशी) ज्युले अन्तराष्ट्रिय मातृभाषा साहित्यको बिषयमा बिशेष प्रकाश पार्नुभएको थियो। अध्यक्षहरु दोय विजय हितान र लाल सुन्दर राईले आ-आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथिज्यु, बिशेष अतिथिज्यु, अतिथिज्युहरु संयोजक, सह-संयोजकलगायत सम्पूर्ण उपस्थित सर्जकहरुलाई धन्यवाद दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!