रसियामा बेलायती एयरलाइन्सलाई प्रतिवन्ध

SHARE:

एजेन्सी फागुन १३ ।

रसियाले आफ्नो आकाशमा बेलायती एयरलाइन्सहरुलाई प्रतिवन्ध लगाएको छ।

रसियाको नागरिक उड्ड्यनसम्बन्धि आधिकारिक निकायले बेलायती एयरलाइन्सका जहाजहरुलाई आफ्ना विमानस्थलमा अवतरण गर्न र आफ्नो मुलुकको आकाश भएर उड्न प्रतिवन्ध लगाइएको जनाएको छ ।

बिहीबार मात्रै बेलायतले रसियाको राष्ट्रिय ध्वजावाहक ‘एरोफ्लट’ लाई आफ्नो आकाशमा प्रतिवन्ध घोषणा गरेको थियो । बेलायतको सोही ‘अमैत्रीपूर्ण’ कदमप्रति प्रतिक्रियास्वरूप रसियाले बेलायती एयरलाइन्सलाई प्रतिवन्ध गरेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनमा आक्रमण गरेकोमा निन्दा गर्दै बेलायतले रसियामाथि कडा आर्थिक प्रतिवन्धहरु लागू गरेको छ।

यसैबीच, रसियाको प्रतिवन्धपछि ब्रिटिश एयरवेज, भर्जिन एट्लान्टिकसहितका बेलायती एयरलाइन्सहरुले आफ्ना कयौ उडान स्थगन गरेका छन् भने कतिपय उडानको रुट परिवर्तन गरेका छन् । ब्रिटिश एयरवेजले लन्डन र मस्कोबीचमा हरेक साता दुईतर्फी तीनवटा उडान गर्दै आएको थियो।

रसियाको आकाश हुँदै बेलायतबाट पाकिस्तान र भारततर्फ उड्ने उडानहरुको पनि रुट परिवर्तन गराइने बताइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!