साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

SHARE:

काठमाण्डौ – साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तक आउँदो शुक्रबार काठमाडौँमा विमोचन हुँदै छ । विगत दुई दशकदेखि वातावरण साहित्यमा कलम चलाउँदै आएका गुल्मी स्थायी ठेगाना भई बेलायतमा कार्यरत विजय हितानको मगर रिन्हाक दशौँ कृति हो । कविता, कथा, निबन्ध, नियात्रालगायत विभिन्न विषयका लेखहरूमा कलम चलाउँदै आएका हितानको अर्को पाटो समाजसेवा हो । समाजसेवाको पाटोलाई पनि लेखनसँग जोड्दै आएका हितानले मगर संघ हङकङ, मगर संघ युके, मगर संघ युके, केन्ट शाखा आदिमा रहँदा गरेका सामाजिक कार्यहरूका बारेमा नियमित रुपले समाचार बनाए अनि लेखहरू पनि लेखे । तिनै समाचार र लेखहरूलाई यस पुस्तकमा समावेश गरिएको छ । हितानले आफ्ना हजुरबा पदमसिंह हितान र बाबा जयबहादुर हितानले मगर समाज र देशका लागि गरेका कार्यहरूलाई पनि यस पुस्तकमा समावेश गरेका छन् । मगर समुदायका अन्य अग्रज व्यक्तित्वहरू प्रथम शहिद लखन थापा, मास्टर मित्रसेन थापा, गोरेबहादुर खपाङ्गीलगायतका व्यक्तिहरूका बारेमा लेखेका विभिन्न लेखहरूलाई समेत कृतिमा समेट्ने काम गरेका छन् । उनले आदिवासी जनजाति, बौद्ध धर्म र मगर स्रष्टा प्रवर्धनमा पनि कलम खर्चेका छन् ।

यही फागुन २० गते शुक्रबार दिनको ठिक २ः४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन हुन गइरहेको यस मगर रिन्हाक पुस्तकमा मगरहरूसहित गैरमगरहरूको पनि बाक्लो उपस्थिति रहने छ । एक प्रमुख अतिथि, दुई विशेष अतिथि र दुईजना समीक्षकको तालिका बनाइएको विमोचन कार्यक्रम छोटोमिठो बन्ने छ । नेपाल मगर लेखक संघ प्रकाशक रहेको यस पुस्तकको विमोचन कार्यक्रममा उपस्थितिका लागि हितानले सामाजिक सञ्जाल फेसबुकबाट निमन्त्रणा कार्ड सार्वजनिक गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!