रुस र युक्रेनबीच जारी युद्धका कारण पीडित नेपालीलाई एनआरएनए यूकेले सहयोग गर्ने

SHARE:

लण्डन फागुन १९ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण पीडित नेपालीलाई एनआरएनए यूकेले सहयोग गर्ने भएको छ।

युद्धका कारण युक्रेनबाट विस्थापित बनेर विभिन्न युरोपेली मुलुक पुगेका उनीहरुलाई आपतकालिन आर्थिक सहयोग पठाइने भएको हो ।एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले युद्धपीडित नेपालीका लागि आर्थिक सहयोग अभियानको संयोजन गर्ने जिम्मा सचिव ज्ञानेन्द्र आलेलाई दिएको छ।

संयोजक आलेले बेलायतमा आर्थिक सहयोग संकलन गरेर एनआरएनए पोल्याण्डसँगको समन्वयमा पीडितलाई वितरण गरिने जानकारी दिए । मार्च १३ तारिख आइतबारको अन्तिम समयसीमा राखेर सहयोग जुटाइने र संकलित रकम तत्काल पीडितसम्म पुर्‍याइने उनले बताए । युक्रेनबाट विस्थापित बनेका सयौं नेपाली हाल पोल्याण्ड, हंगेरी, स्लोभाकिया, अल्बेनिया लगायत देशतर्फ लागेका छन्। उनीहरुलाई खान, बस्नसहित आधारभूत आवश्यकताहरुकै समस्या परेकाले सहयोग गर्न लागिएको जनाइएको छ।

एनआरएनए यूकेले यस अभियानमा स्वेच्छिक आर्थिक सहयोगका लागि बेलायतस्थित सबै सामाजिक अभियन्ता, संघसंस्था, व्यापारीसहित सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!