ईश्वर गुरुङ एकल साँझ

SHARE:

एटा संवाददाता
अल्डरसट । नमस्ते व्याण्डका संस्थापक एवं पप गायक ईश्वर गुरुङ एकल साँझ सम्पन्न भएको छ । बेलायत भ्रमणमा रहेका गायक गुरुङले धम्पुस–५, कास्कीमा अवस्थित सिर्जना सामुदायिक भवन निर्माण सहयोगार्थ विभिन्न आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

नेपालमा पपगीतसंगै जन्मिएको नमस्ते व्याण्ड एकताका युवाहरुको ढुकढुकी बन्न सफल भएको नमस्ते अहिले पनि सो व्याण्ड त्यत्तिकै सक्रिय छ । हाल जापानमा व्यवसाय गरिरहेका गायक गुरुङले कार्यक्रममा ‘उडायो रेलैले लगायत थुप्रै गीतहरु दर्शकमाझ पस्कँदा सबै झुमेका थिए । सो सांगीतिक साँझबाट एक लाख रुपैयाँ संकलन गर्न भएको कार्यक्रम संयोजक कमल गुरुङले जानकारी दिए । त्यस्तै, सो रकम धम्पुस परिवार युकेका अध्यक्ष इन्द्र गुरूङ, उपाध्यक्ष कुमार गुरुङ र सल्लाहकार कमल गुरुङमार्फत सामुदायिक भवनलाई हस्तान्तरण गरिएको तमुधिं युकेका अध्यक्ष गुरुङले जनाए ।

तमुधिं युकेको सक्रिय सहयोगमा गत शुक्रबार ६ जुलाई बेलुकी अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको तमुधिं युकेका सल्लाहकार योगेश गुरुङले संचालन गरेको कार्यक्रममा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका उपाध्यक्ष कुमार गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, रामबजार सोसाईटीका अध्यक्ष जुमकाजी गुरुङ, धम्पुस परिवार युकेका अध्यक्ष इन्द्र (नारायण) गुरुङलगायत विभिन्न व्यक्ति र संघसंस्थाहरुले उनलाई खादा लगाई स्वागत तथा सम्मान गरियो । त्यस्तै, निःशुल्क डिजे गरेका हेम बिष्टलाई तमुधिं युके र धम्पुस परिवार युकेका अध्यक्षले खादा लगाई सम्मान गरेका थिए ।

धम्पुसस्थित उदय उच्च माध्यामिक विद्यालय र बगर भाइखलकको पुरस्कार प्रायोजन सँगसँगै थुप्रै च्यारिटीमूलक कार्यमा हातोमालो गर्दै आएका संयोजक गुरुङ धम्पुस निवासी हुन् । विभिन्न संघसंस्थाको स्पोन्सर संयोजकको भूमिका खेल्दै आएका संयोजक गुरुङ एड्भान्जर टुर एण्ड ट्राभल अल्डरसटका संचालक पनि हुन् । उनले इन्द्र घोताने, पुरन गिरी, हेम विष्ट, गोर्खा मिडिया, सितलपाटीलगायत सहभागी विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग र उपस्थितिका लागि धन्यवाद दिए । साथै, उनले गायक ईश्वर गुरुङले छिट्टै बेलायतमा अर्को सांगीतिक प्रस्तुति दिने जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!