सगुनमा २६ जुलाईसम्म लगानी गर्ने अवसर

SHARE:

एटा संवाददाता
लन्डन । नेपालीहरुबीच निकै चर्चामा रहेको ‘सगुन’ मा आउँदो २६ जुलाईसम्म लगानी गर्न सकिने भएको छ । गत सोमबार २ जुलाईका साँझ सगुनले फार्नबोरोस्थित गोर्खा प्यालेसमा आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।
कनेक्ट, शेर र अर्नको मुख्य उद्देश्य लिएर बजारमा ल्याएको सगुन एपको गत ९ जनवरी २०१८ का दिन भारतमा सार्वजनिक गरिएको सगुन एपलाई एन्ड्रीटमा थुप्रै प्रयोगकर्ताहरुले डाउनलोड गरेर प्रयोग गर्दै आएको छ ।

कार्यक्रममा युके निवासी सगुनका सल्लाहकार सूर्य गुरुङले सगुनले पछिल्लो समय गरेको प्रगतिको बारेमा जानकारी दिँदै उनले अहिले ४००० जनाले लगानी गरिसकेको र ८००० जना लगानीकर्ता पुर्‍याउने उद्देश्य रहेको बताए । त्यस्तै, सगुन बेलायत संयोजक युवराज सेढाईले पावर पोइन्ट प्रिजेन्टेशन दिँदै सगुनको बिशेषता, बजार भाउ र लगानीका अवसरबारे जानकारी गराए ।

पछिल्लो समय फेसबुक, ट्वीटर, वाटसप, भाइबर लगायतका सामाजिक संजालहरु धेरैको रोजाई बनेपछि विभिन्न आकर्षण साथ नयाँ एपहरु बजारमा आउने क्रममा नेपालका गोविन्द गिरीले नयाँ खालको एप बजारमा ल्याएका हुन् । अहिले संसारका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको समेत लगानी रहेको सगुन मिनी आईपिओमा गइसकेको र सन् २०२१ सम्म ५ बिलियन मूल्य पुर्‍याउने उद्देश्यका साथ द्रुत गतिमा अघि बढिरहेको संयोजक सेढाईले जानकारी दिए ।
सामाजिक संजाललाई उत्पादनमूलक बनाउने उद्देश्यका साथ सगुनले ‘माई डे, मूड टक र सिक्रेट’ जस्ता मुख्य बिशेषता बजारमा ल्याइसकेको छ ।

‘माई डे’ मा आफ्नो दैनिक कार्य तालिका राख्न सकिन्छ । तालिका अनुसार एपले सुचित गर्दछ । त्यस्तै, अर्को बिशेषता हो, ‘मुड टक’– मुड टक कुराकानी गर्ने फिचर हो । जसले प्रयोगकर्ताको अवस्था र भावनालाई चित्रण गर्ने गर्दछ । अर्को हो, ‘सीक्रेट–अर्थात् गोपनियता’ । यस फिचरअन्तर्गत आफ्ना कुराहरु संजाल भित्रका प्रयोगकर्ताहरुबीच सार्वजनिक गर्न सक्छन्, विभिन्न सुझावहरु लिन सक्छन् तर कसको विचार हो भन्ने र कस्को सुझाव हो भन्ने कुरा भने गोप्य राख्दछ । यसरी एकअर्कामा गरिएको संवादहरु डिलिट भएर जाने छ ।

सोसियल स्मार्ट कार्डको अवधारणाका साथ बजारमा आएको सगुनले २६ जुलाई २०१८ भित्र लगानी गर्ने पुनः अवसर दिएको हो । भारतीयहरुको समेत ठूलो लगानी रहेको सगुनमा भारतको ‘हिन्दुस्तान टाइम्स’ नामक मिडियाले ५ मिलियन डलर लगानी गर्ने भएको छ ।

सगुनको पछिल्लो अवस्थाबारे जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, सहारा युकेका अध्यक्ष मिन साइँला गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, एनआरएनए युकेका सल्लाहकार कृष्ण तिमिल्सना, शिवजी श्रेष्ठ, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार गुरुङ, कान्तिपुरका नविन पोखरेल, एभरेष्ट च्यानलका सविन्द्रकुमार गुरुङ, सितलपाटीका बाचस्पति रेग्मीलगायतको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!