लन्डन । विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विश्व वातावरण दिवसलाई पारेर आयोजना गरिएको सातौं वातावरण साहत्य गोष्ठी ५ जून २०२२ का दिन भर्चुवल माध्यमद्वारा यसलाई सार्वजनिक गरिएको हो । गीतमा स्वर दिपा लामाको छ भने संगीत थिर थापा मगरले दिएका छन् । एरेन्ज भने कुमार थापाले गरेका छन् ।
म्युजिक भिडियोमा प्रमुख अभिनय उदयमान मोडेल सारा मगरको रहेको छ भने स्वयं रचनाकार हितानको पनि भूमिका छ । म्यूजिक भिडियोको निर्देशन विश्वजित थापाले गरेका छन् । उनी हालै फिल्म एन्ड मिडिया विषयमा केन्ट युनिभर्सिटीमा अध्यनरत छन् । भिडियोको सम्पूर्ण छायांकन यूकेको सुन्दर सहर फोक्सटन नजिकैको वारन कन्ट्रीपार्क, ह्वाइट क्लिफ र सामुन्द्रिक तटमा गरिएको हो ।
हितानको यो दोस्रो पर्या गीत हो । यस अघि ‘संरक्षणका हातहरु’ शीर्षकको पर्या गीत बजारमा आइसकेको छ । हितान संरक्षणकर्मी र पर्या साहित्यकारको रुपमा पनि चिन्छन् ।






