लन्डन १३ जुन २०२२ । भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुले स्वीन्डनमा धमाका मच्चाएका छन् । यही जुन १२ तारिख आइतबारको दिन स्वीन्डनको टाउनस्थित पावर लन्जमा लिम्बु र भ्वाइस अफ नेपाल सिजन ३ का कन्टेस्टेन्ट तथा मिस टिन २०१७ का सन्जु मोक्तानले आ-आफ्नो प्रस्तुति राखेका थिए । मोक्तानले अरुका गीतहरु गाएकी थिइन् भने लिम्बुले आफ्नै गीतहरु गाएर दर्शकहरुलाई नचाए ।
सुनगाभा इन्टरटेन्मेन्टद्वारा आयोजित उक्त सांगीतिक कार्यक्रममा २५ प्रायोजकहरु थिए । नाइट क्लबको नामले चिनिएको उक्त पावर लन्जमा आजभोलि भने नेपालीहरुको विभिन्न कार्यक्रमले भ्याइनभ्याइ हुन थालेको छ ।
जुन महिनाभरि यूकेको विभिन्न स्थानमा आयोजना गरिने भएकोले उक्त सांगीतिक यात्राको नाम पनि जुन म्युजिकल धमाका नामकरण गरेको सुनगाभा ग्लोबल कनेक्सन डाइरेक्टर गौरव कन्दङ्वाले जनाए ।






