कविता : म उसलाई औधी माया गर्छु

SHARE:

 

जित बुढाथोकी छन्त्याल

मेरो प्रेमबाट रुष्ट उनी
सम्बन्धको बन्धनबाट मुक्त भइन्
मौनतामै थिइन् उनी
लाग्थ्यो सोँचमग्न छिन्
तर,
थाहै नदिई
सुटुक्कै खोई ! कहाँ गइन् ।

भन्नेहरू
निष्ठुरी भइन्
तँलाई माया मारेर गइन् भन्छन्
तर,
म उसलाई औधी माया गर्छु ।

उनी निष्ठुरी हैनन्
माया मारेर गएकी छैनन्
केही माया दिएर
केही माया साथमा लिएर गएकी छिन्
केही यादहरू छोडेर
केही यादहरू आफैसँग लिएर गएकी छिन्
मैले माया गरेको मान्छे उनी
मलाईपनि माया दिएकी थिइन्

म उसलाई औधी माया गर्छु ।

सायद,
निष्ठुरी बन्न
जरूरी थियो
अर्थात् मजबूरी थियो
आखिर,
मान्छेको मनै त हो
समयअनुसार बदलिन्छ ।

कहिले भावनाले बगाउँछ
कहिले भाग्यले लत्त्याउँछ
कहिले सपनाले उडाउँछ
कहिले अभावले उछिट्ट्याउँछ
कहिले चाहनाले लोभ्याउँछ ।

केही जरूरी हुनु
केही मजबूरी हुनु
उसको कमजोरी हैन
निष्ठुरी बन्नु पनि हैन

सायद
आज उनी अरू कसैलाई माया गर्दै होलिन्
निष्ठुरी हुन्थ्यो भने
अरूलाई कसरी माया गर्न सक्छिन्
उनी मायालु हुन्
निष्ठुरी निर्दयीहरूले
आफैलाई माया गर्दैनन्

तर
उनी मायालु हुन्
म उसलाई औधी माया गर्छु ।।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!