जिमी लाइलाई २० वर्ष जेल सजायपछि: BNO धारकका वयस्क सन्तानलाई बेलायत बसाइँसराइको बाटो खुला

SHARE:

हङकङका प्रजातन्त्र समर्थक व्यवसायी Jimmy Lai लाई २० वर्ष जेल सजाय सुनाइएपछि बेलायत सरकारले हङकङवासीप्रति आफ्नो समर्थन पुनः दोहोर्‍याएको छ।

सरकारले अब British National (Overseas) – BNO स्थिति भएका हङकङवासीका १८ वर्षभन्दा माथिका वयस्क सन्तानहरूलाई पनि बेलायत जान र बसोबास गर्न आवेदन दिने अनुमति दिएको छ। यसअघि उनीहरू उमेरका कारण यो योजनाबाट बाहिर परेका थिए।

नयाँ व्यवस्थाअनुसार ती सन्तानसँगै उनीहरूका पति/पत्नी र बालबालिकाहरू पनि बेलायत सर्न सक्नेछन्।

बेलायत सरकारले आगामी ५ वर्षमा करिब २६,००० मानिस बेलायत आउने अनुमान गरेको छ। २०२१ मा BNO भिसा योजना सुरु भएदेखि हालसम्म २३०,००० भन्दा बढीलाई भिसा दिइसकिएको र करिब १७०,००० हङकङवासी बेलायत सरेका छन्।

सरकारले यो कदम हङकङका अधिकार र स्वतन्त्रता घट्दै गएको अवस्थामा परिवारलाई सुरक्षित बसोबासको अवसर दिन गरिएको जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!