मनसुन थापा मगर – बेलायतराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ ।
यही जुलाई 31 तारिख आइतबारको दिन अल्डरसटको एम्पाएर हलमा भब्यरुपमा सम्पन्न हुनगइरहेको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको प्रतिष्ठानको अध्यक्ष टंक शेरचनले बताउनुभएको हो ।
कार्यक्रममा नेपालदेखि आउनुभएका चर्चित लोक तथा दोहोरी कलाकारहरु शान्ता रानी परियार, राजन कार्की, अस्मिता डल्लाकोटी, बिलन थापा मगर, भुमिका शाह र विशाल रायमाझी बिच घम्साघम्सी लाईभको मजा लिन सकिनेछ भने लाईभ दोहोरी पश्चात सम्पूर्ण कलाकारहरूको एकल प्रस्तुति समेत रहनेछ, साथै मोडल तथा डान्सरहरू रिना थापा मगर र विपना गुरुङको बेजोड नृत्यका साथै निर आले मगरको हास्यव्यंग्य प्रस्तुति रहनेछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा सम्पूर्ण नेपाली हरूको साझा संस्था भएको हुनाले बेलायतमा जतिपनि संघसंस्थाहरु हुनुहुन्छ लगभग सबैलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको र कसैलाई निमन्त्रणा छुट्न गएमा विभिन्न सामाजिक सञ्जालमार्फत गरिएको बिज्ञापन तथा निमन्त्रणालाई आधार मानेर कार्यक्रममा पाल्नु हुनेछ र कार्यक्रमको शोभा बढाई दिनुहुनेछ भनि यस स्वर्णिम साँझ कार्यक्रमका संयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण रानामगरले अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने भने औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रत्न साहिले गर्नु हुने भएको छ भने सांगीतिक कार्यक्रमको संचालनद्वया कलाकार मनसुन थापा मगरलाई र कल्पना श्रीपालले गर्ने भएको छ ।

Enter
Write to Tanka Sherchan






