कविता : कसरी आदिवासी महिलाहरु विभेदमा ?

SHARE:

लिला सेलिङ माबो

कसरी आदिवासी महिलाहरु बढी हिंसा, विभेदमा र राज्यको निर्णायक भूमिकामा शून्य छन ?

झट्ट सुन्दा त जातीय जस्तो बास्ना चले पनि यथार्थ र तथ्यांकको धेरै आधारहरु छन्
जम्मा नेपाली महिलाहरु ५०.४ % मध्ये ३७.५% आदिवासी महिलाहरुलाई राज्यले विभेद गरेको कारणहरु छन्

अध्ययन र डाटाअनुसार शैक्षिक सरकारी तहमा ब्राह्मण, छेत्री महिलाहरु ८१% भने आदिवासी महिलाहरु ९% मात्र छन्

निर्णायक र नीति निर्माण तहमा ब्राह्मण, छेत्री, ठकुरी, शाह यादव महिलाहरु ६२.३% भने आदिवासी महिलाहरु १३ % मात्र पर्दछन् ।

आदिवासी महिलाहरुलाई समाज र राज्यको सबै तहमा असमानता हुँदै राजनीति र सत्ताको मुख्य पदमा सहभागिता शून्य छ ।
अझै आफ्नै आदिवासीजन्य सामाजिक संस्थाहरुमा पनि पितृसत्ता चिन्तन र अशिक्षाको कारण महिलालाई कमजोर ठान्दै मुख्य भूमिका दिन नसकेको रिपोर्ट छ ।

अति दु:खलाग्दो तथ्यांक त मानव बेचबिखनमा भने आदिवासी महिलाहरु बढीपीडित
जस्तै मधेसी, महिला ९%, दलित महिला १७% ब्राह्मण, छेत्री महिला २३.५% अनि आदिवासी महिलाहरु ४९.४% प्रतिशत

सामाजिक हिंसाको सिकार मनोरन्जनको साधन सस्तो ज्यालामा बाँच्नु बाध्य आदिवासी युवती र महिलाहरु
मानव तस्करीहरुले माया, मोह, प्रलोभन र झुटो विवाहको बहानामा बिदेश फस्ने पनि धेरै आदिवासी महिलाहरु

अपराधीहरुबाट विदेश रोजगार भ्रमणको नाममा बेचिएका तथ्यांक जम्मा आदिवासी युवती र महिलाहरुमात्र वर्षमा १७ हजार
मानव तस्करीहरुले पनि टार्गेट गरी फसाउँछन्, कारण यिनीहरु हरेक दृष्टीकोणमा कमजोर र पाएको छैन समान शैक्षिक दक्षता र चेतनाको अवसर

यी सिमान्तकृत महिलाहरुलाई मूलधारमा ल्याउन र सशक्तिकरणको निम्ति नीति निर्माणमा समीक्षा र शैक्षिक चेतनामूलक तालिम दिनु पर्दछ ।
प्रदेश, केन्द्र सरकार, राष्ट्र र अन्तर्राष्ट्रिय तहमा असमावेशिताको निर्मूल गर्ने योजना ल्याई सबैको समान सहभागिता अपनत्व बनाउनु पर्दछ

संविधानले दिएको ३३ % महिलाको स्थानमा आदिवासी, मधेसी, मुस्लिम र अल्पसंख्यक महिलाको संख्या र पहिचानको आधारमा समावेश गरिनु पर्दछ

हामी आदिवासी महिलाहरु पनि सांस्कृतिक मनोरन्जन च्याब्रुङ, साकेला, कौडा, तामाङसेलो, दोहोरीमा रमाए जस्तै हाम्रो सहभागी शून्य भएको छेत्रमा सहभागी हुनु सक्ने चेतना र क्षमताको विकास गरौं

जस्तै कालाजातिको आन्दोलनमा सेताले साथ र गोर्खा आन्दोलनमा बेलायती नागरिक्ले साथ दिए जस्तै यो असमानता हटाउन आमनेपालीको चिन्तनमा आउन सकोस्

प्रत्येक व्यक्ति, घर समाज, राज्य सत्ता र राजनीतिज्ञहरु सबैको मन, मस्तिस्कबाट मल्टीकल्चरल, डाइभरसिटी र इन्टरसेक्सनलिटी चिन्तन गरौं
अनि पुस्तान्तरमाआदिवासी महिला भूमिका नारा सफल हुनुको साथै सयौं थुंगा फूलको एउटै माला हामी नेपाली सार्थक बनौं

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!