एटा संवाददाता
अल्डरसट । नेपालमा ५१ औं दिनसम्म सफल प्रदर्शन नेपाली चलचित्र ‘लिली बिली’ बेलायतमा प्रदर्शन हुने भएको छ । संयुक्त अधिराज्य बेलायतमा क्रियाशील सपन इन्टरटेंनमेन्टको व्यवस्थापनमा आउँदो आइतार २२ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन हुन लागेको हो ।
बेलायतको स्कटल्यान्डमा छायांकन गरिएको सो चलचित्रमा युके डान्स अफ विजेता बेलायतवासी जसिता गुरुङ र प्रदीप खड्काको विशेष भूमिका रहेको छ । गोविन्द शाही र सुदीप खड्काको निर्माणमा बनेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
सपन इन्टरटेनमेन्टले बेलायतमा दर्शकहरुबीच ड्रिम्स र क्री जस्ता सफल चलचित्र प्रदर्शन गरिसकेको छ । लिली बिलीलाई पनि यहाँका विभिन्न स्थानमा प्रदर्शन गराउने तयारी रहेको इन्टरटेंनमेन्टका सपन राईले जानकारी दिए ।






