पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रङ्घीय महासचिवको आग्रह

SHARE:

काठमाडौं ८ अक्टोबर २०२२ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन् ।

उनले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसङ्घ लागेको बताए । उनले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरुको पुन:स्थापनाका लागि दाताहरुको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिएका हुन् ।

उनले शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । पाकिस्तानको सहयोगका लागि उनले संयुक्त राष्ट्रसङ्घीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको थियो ।

सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरुलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ । यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरु हजारौँ व्यक्ति घाइते भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!