एटा संवाददाता
रेडिङ्ग । तमुधिं युके आमा समूहले ‘पीपल मोर्गेज रेस फर लाईफ’ मा भाग लिएका छन् ।
गत आइतबार १५ जुलाईका दिन रेडिङमा सम्पन्न रेस फर लाइफ दौडमा ४३ जना महिलाहरुले भाग लिएका थिए । क्यान्सर रिसर्च सेन्टरको सहयोगार्थ भाग लिइएको दौडबाट संकलित च्यारिटी रकममध्ये ८७५ पाउन्ड दर्ता शुल्कमा खर्च भएको र ३०० पाउन्डको चेक क्यान्सर रिसर्च सेन्टर युकेलाई सोही दिन हस्तान्तरण गरिएको तमुधिं युकेका महासचिव कृष्ण गुरुङले जानकारी दिए ।
सोही क्रममा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले ‘पीपल मोर्गेज रेस फर लाइफ’ क्यान्सर फर रिसर्च युकेको सहयोगार्थ तमुधिं आमा समूहले देखाएको अदम्य साहसको प्रशंसा गर्दै सफलताका लागि हार्दिक धन्यवाद व्यक्त गरे । साथै, उनले यस अभियानलाई सहयोग पु¥याएका तमुधि लन्डन आमा समूह, तमुधिं लन्डन इकाई, प्रतियोगी र उपस्थित महानुभावहरुलाई हार्दिक धन्यवाद पनि दिए । कार्यक्रममा अध्यक्ष गुरुङले दौडमा सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेकी उपाध्यक्ष पुनम गुरूङ र सुशीला राई, टेरोट कार्डका मास्टर क्षमता ढकाल, पीपल मोर्गेजेजका प्रोप्राईटर सूर्य गुरूङ र बेईजिङ नुडल्सका प्रोप्राईटर दिपक गुरूङलगायत रेडिङ्गका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तमुधिं आमा समूहकी अध्यक्ष प्रेमा गुरुङको नेतृत्व र महासचिव यशोदा गुरुङको संयोजकत्वमा सम्पन्न रेस फर लाईफमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष नन्दजङ्ग गुरुङ, महासचिव कृष्ण गुरुङ, सल्लाहकार, आजीवन सदस्य र कार्यसमितिका पदाधिकारीहरुसमेत विशेष उपस्थित थिए ।






