टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

SHARE:

एजेन्सी अक्टोबर १५ ।

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा ५० जना भन्दा बढी कामदार फसेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीको गृह मन्त्रालयले जनाएको छ । बार्टिनको अमासरा शहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्याँसका कारण विष्फोट भएको जनाइएको छ ।

विष्फोटका बेला खानीमा १ सय १० जना कामदार रहेको बताइएको छ । केही कामदार बाहिर आएपनि ५० जना भन्दा बढी खानीभित्र फसेकाले उनीहरुको उद्धार गर्ने काम भइरहेको छ । सन् २०१४ मा पनि टर्कीकै मानिसा प्रान्तमा भएको कोइला खानी विष्फोटमा ३ सय १ जनाको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!