चलचित्र ‘झमकबहादुर’ साउन १८ देखि देशभर प्रदर्शन [ट्रेलर भिडियोसहित]

SHARE:

काठमाडौं । नेपाली मौलिकतामा निर्माण गरिएको व्यङ्ग्यप्रधान चलचित्र ‘झमकबहादुर’ यही साउन १८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।

दोस्रो ट्रेलरसमेत सार्वजनिक भइसकेको झमकबहादुर प्रदर्शनको साइत साउन १८ मा जुरेको निर्माण पक्षले जनाएको छ । सुन तस्करी, लुटपाट र अपहरणलाई मुख्य विषय बनाई कमेडी बेसमा प्रस्तुत गरिएको सो चलचित्रको निर्माता मीनकुमार तामाङ हुन् भने सहनिर्माता कोपिला कुमारी डल्लाकोटी छिन् । निर्देशन भने भोमन कटुवालले गरेका छन् ।

चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मीनकुमार तामाङ, कल्याण अधिकारी, राजन मर्हजन र सुजाता थापाको मुख्य भूमिका रहेको छ । संगीत ओम सुनारको रहेको छ भने द्वन्द्व राजु किरात राईको रहेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!