गायक ब्रविन शेर्मा बेलायतमा

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । किरात याक्थुङ चुम्लुङ युकेको संयोजनमा पहिलो पटक गायक ब्रविन शेर्मा बेलायत आएका छन् ।

गायक ब्रविन गत १४ जुलाईमा एयरपोर्ट अवतरणपश्चात चुम्लुङ अध्यक्ष दिलसिं मेन्याङ्बोले चुम्लुङको वार्षिक भेला फेल्थाममा सोझै अतिथिको रुपमा उपस्थित गराएका थिए । कार्यक्रममा गायकले केही लिम्बू र केही नेपाली गीतहरु गाएर भरपुर मनोरञ्जन पनि दिलाए ।

गत महिना चुम्लुङ यूकेले ३ सय ३० हजार पाउन्ड (करिब चार करोड ७० लाख नेपाली) मा चुम्लुङ्देन जग्गा बेलायतको लन्डन छेउ याल्डिङ् भन्ने ठाउँमा खरिद गरिसकेको छ । सो खरिदको लागि एक सेयर ३७५ पाउन्ड राखेको थियो । सोहीअनुरुप पीपीसी ग्रुप र चुम्लुङ केन्द्रीय अध्यक्षको सल्लाह र निर्देशनमा चाहिने रकम सङ्कलन गर्न सफल भएको हो ।

चुम्लुङ्लाई चाहिने अति आवश्यक जग्गा किनिएको तर अब अन्य आवश्यक पूर्वाधारहरु गर्न बाँकी रहेकोले आर्थिक सङ्कलनको लागि साङ्गेतिक कार्यक्रम गरेर केही रकम सङ्कलन गर्न गायक ब्रविन शेर्मालाई चुम्लुङ्ले बेलायत ल्याएको हो ।
गायक ब्रविनको बेलायत बसाई १ महिनाको हुने छ । १ महिनामा बेलायतका धेरै ठाउँहरुमा एकल साङ्गेतिक प्रस्तुतिहरु दिनेछन् । यसका लागि अध्यक्ष मेन्याङ्बोले समय र स्थानहरु छिट्टै नै सार्वजनिक गर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!