एजेन्सी अक्टोबर १८ ।

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि मृत्यु भएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताए । मृत्यु हुने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ ।
घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।






