लन्डन । आउने अर्को महिनाको अगस्ट १८ मा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनले बृहत् च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
च्यारिटी कार्यक्रम वुलविचस्थित अर्टिलरी फुटबल मैदानहरूमा (पोस्टकोड : एसई१८ ४बीएच) बिहान १० बजेदेखि साँझ आठ बजेसम्म विभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रममाझ सम्पन्न गरिने अध्यक्ष श्रीचन्द्र गुरुङले जानकारी दिए । कार्यक्रमबाट उठेको रकम संस्थाले किनेको भवनको ऋण तिर्ने, सो क्षेत्रमा डायमन्ड बुद्धिष्ट सेन्टरद्वारा बौद्ध गुम्बा निर्माण गर्ने अभियानलाई सहयोग र रोयल नेपालीज ग्रिनविच सोसाईटीद्वारा सञ्चालन गर्दै आएको नेपाली पठनपाठन कक्षाका लागि आर्थिक सहयोग दिने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए ।
सो कार्यक्रममा प्रति वयस्क २५ पाउन्ड र तथा बालबालिकाहरूको लागि शुल्क १० पाउन्ड तय गरिएको छ । ६ वर्षभन्दा मुनिका नानीहरूलाई नि:शुल्क प्रवेश मिल्ने सूचना आयोजक कमिटीले दिएको छ ।
कार्यक्रममा भरपूर बारबिक्यूलगायत अन्य नेपाली सबै परिकारका खाना तथा पेय पदार्थको व्यवस्था गरिएको छ ।






