चीन र अमेरिका मिलेर शान्तिको बाटो खोल्नुपर्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

SHARE:

एजेन्सी अक्टोबर २७ ।

चीनका राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण साथै रुस–युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव झेल्दै आएको अवस्थामा चिनियाँ राष्ट्रपतिको नयाँ प्रस्ताव आएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो कार्यकाल निश्चित गरेका सी ले पार्टी महाधिवेशन सम्पन्न गरेपछि सार्वजनिक रुपमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले यस क्रममा ताइवानमा चीनको सक्रियतालाई ‘विदेशी हस्तक्षेप’ भनेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सी ले अमेरिका–चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै लेखेको पत्रमा उनले आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको बताए । दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उनले विश्वास व्यक्त गरे ।

यसैबीच उनले अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको जनाएका छन् । जसले गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उनले विश्वास व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासनले भने यसअघि नै चीन एक मात्र अमेरिकी प्रतिस्पर्धी भएको जनाएको थियो । साथै अमेरिकाले चीनसँग द्वन्द्व गर्न नखोज्ने र चिनियाँ राष्ट्रपति सी पनि यस्तो तथ्यबारे सचेत रहेको बाइडेनले बताएका थिए ।

यद्यपि गत अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको विषयलाई लिएर चीन र

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!