भारतको गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु, ५० बेपत्ता

SHARE:

एजेन्सी अक्टोबर ३१ ।

 

 

भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् ।

गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको झोलुङ्गे पुल आइतबार साँझ अत्यधिक भारका कारण चुडिएको हो । पुल चुडिंदा पुलमाथि कम्तिमा चार सय जना रहेको बताइएको छ । आज सोमबार बिहानसम्म मृतकको संख्या डेढ सय नजिक पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खोलामा खसेका ५० जना अझै बेपत्ता छन् भने एक सय ७७ जनालाई जिवितै उद्धार गरिएको छ । ७० जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पुल भत्किएपछि अधिकांश मानिस खोलामा खसेका थिए भने कतिपय पुलका लट्ठा र तार समातेर झुण्डिएका थिए । घटनालगत्तै उद्धार तथा खोजीका लागि सेना, नौसेना, वायुसेना लगायतलाई परिचालन गरिएको थियो ।

बेलायती शासनकालमा अर्थात १५० वर्ष पहिले बनेको ऐतिहासिक पुल जीर्ण भएपछि दुई वर्षदेखि बन्द गरिएको थियो । मर्मतको काम सकिएपछि पुल गत साता सर्वसाधारणका लागि खुला गरिएको थियो । दुर्घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ब्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!