एजेन्सी नोभेम्बर २ ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राजीनामा दिएकी छन् ।
डेनमार्कमा भएको आम निर्वाचनमा उनको पार्टी सोशल डेमोक्र्याटले सबैभन्दा बढी मत प्राप्त गरेको छ । तर, बहुमत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएकी हुन् । उनको पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेनमार्कमा १७९ निर्वाचन क्षेत्र रहेकोमा बहुमतका लागि ९० सिट चाहिन्छ ।
उनले आफ्नो पक्षमा नतिजा राम्रो आए पनि आफूले राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खुला गरेको जनाएकी हुन्। उनले आफूले भोलि रानी समक्ष राजीनामा बुझाउने र नयाँ सरकारका लागि पहल गर्ने घोषणा गरेकी छन् । ४० लाख मतदाताले डेनमार्कमा १ हजार उम्मेदवारबाट १ सय ७९ जनालाई चुनेका छन्। डेनमार्कमा पूर्वप्रधानमन्त्री लार्स लक्के रासमुसेनको नवगठित पार्टीले १६ सिट जितेको छ।
उनी शल डेमोक्रयाटबाट अलग भएर नयाँ पार्टी निर्माण गरेका हुन् । ५० सिट जितेको सोशलले अन्य पार्टीसँग मिलेर सरकार बनाउने कि अन्य साना दलको संयुक्त सरकार बन्ने बारे भने अझै अन्योल देखिएको छ । यो निर्वाचनमा विभिन्न १४ दलका उम्मेदवार विजयी भएका छन् भने ६ जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।






