चिम्खोले काईला बेलायत
नेपालको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापा आज बेलायत आइपुगेकी छिन | मन्त्रि थापा मंगलबार जुलाई २४ को दिन बेलायतको लन्डन स्थित ओलम्पिक पार्कमा हुन गैरहेको बिश्व अपाङ्ग शिखर सम्मेलनमा भाग लिन आएकी हुन | उनले नेपाल सरकारको तर्फबाट उपस्थिति जनाउने तथा कार्यपत्र प्रश्तुत गर्ने कार्यक्रम रहेको छ | यस शिखर सम्मेलनमा विश्वका झन्डै २०० देशहरुले भाग लिने भएको छ | उक्त शिखर सम्मेलन UK Department for International Development (UK DFID) र केन्या सरकारको सयुक्त सहकार्यमा आयोजना हुदै छ |
मन्त्रि थापासंग सोहि मन्त्रालयका सह सचिब राधिका अर्याल पनि बेलायत आइपुगेकी छिन | सचिब अर्यालले पनि भोलि मंगलबार २३ जुलाइको दिन सिभिल सोसाइटीको तर्फबाट हुने बिश्व अपाङ्ग सम्मेलनमा नेपाल सरकारको सिभिल सोसाइटीको तर्फबाट भाग लिने छिन | मगलबार २४ जुलाइको दिन बिश्व अपाङ्ग शिखर सम्मेलन पश्चात सोहि दिन बेलुकी नेपाली दुतावास लण्डनले नेपाली क्रिकेट टिमलाई स्वागत तथा रात्रिभोजको आयोजना गरेको छ | उक्त स्वागत तथा रात्रिभोजको कार्यक्रममा मन्त्रि थापा र सचिब अर्याल क्रमश प्रमुख अतिथि र बिशेष अतिथिमा निम्त्याएको छ | बुधबार २५ जुलाइको दिन मगर संघ युकेले मगर भवनमा स्वागत गर्ने भएको छ भने सोहि दिन बेलुकी गैर आबशीय नेपाली संघ (एनआरएन) युके, म्याग्दी प्रबासी नेपाली संघ (मोना) युकेको संयुक्त कार्यक्रममा भाग लिएर बिहिबार २६ जुलाइको दिन नेपाल फर्कने कार्यक्रम रहेको छ |
मन्त्रि थापा र सचिब अर्याललाई स्वागतको गर्नको लागि बेलायतको लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदी, कन्सुलर शरद राज आर्यान, थर्ड सेक्रेटरीहरु भुपेन्द्र घिमेरे, तेजेन्द्र रेग्मी, प्रत्रकार, साहित्यकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) र पत्रकार जमुना पुनको अन्तराष्ट्रिय विमानस्थल हिथ्रोमा उपस्थित भएका थिए |






