बेलायती मोडल, जसले बन्धक बनायो, उनैसँग प्रेममा परिन्

SHARE:

ब्रिटिश मोडल क्लोए एलिंगलाई गत वर्ष इटालीमा ६ दिनसम्म बन्धक बनाएर राखियो । तर जब उनी ब्रिटेन फिर्ता भइन् तब उनको कहानीमा धेरैलाई शंका लाग्यो । उनले बीबीसीको भिक्टोरिया डर्बिशर कार्यक्रममा आफ्नो पुरा कहानी सार्वजनिक गरिन् । दुई दिनसम्म कोठामा बन्द भएपछि क्लोए आफ्ना अपहरणकारीसँग एउटै खाट सेयर गर्न तयार भइन् । उनले भनिन, ‘हामी जति कुरा गर्दथ्यौं हामीबीचको सम्बन्ध त्यति नै गहिरियो ।

उनले मलाई मन पराउन थालेको महसुस भएपछि मैले यसैलाई आफ्नो फाइदाका लागि प्रयोग गरें ।’ दक्षिण लण्डनमा बस्ने बीस वर्षीया क्लोए एलिंगका अनुसार गत वर्षको जुलाईमा ३० वर्षीय लुकाज हर्बाले उनलाई फोटोसुटका लागि मिलान बोलाएका थिए । तर उनलाई केटामाइन ड्रगको इन्जेक्सन दिइयो । लुगा फुकालियो र हतकडी लगाएर ब्यागमा राखियो । त्यसपछि गाडीको डिक्कीमा राखेर मिलानबाट एक सय २० किलोमिटर टाढाको एक फार्महाउसमा पु¥याइयो । एलिंगका अनुसार जब उनी फार्महाउस पुगिन् तब हर्बाले उनलाई तीन लाख युरोको बन्दोबस्त नगरे ‘यौन दासी’ को रुपमा बेचिदिने चेतावनी दिए । उनी भन्छिन, ‘मलाई लागिरहेको थियो कि उनले जे बोलिरहेका थिए त्यो वास्तविक हो । मलाई एक पलका लागि पनि उनीमाथि शंका लागेन किनभने उनले मेरो हरेक प्रश्नको सबिस्तार उत्तर दिइरहेका थिए ।’

उनले भनिन, ‘तर कुराकानीका बीच हर्बाले मलाई चुम्बन गर्ने अनुमती मागेर आफूहरुबीच कुनै सम्बन्ध स्थापित हुनसक्छ भन्दै प्रश्न गरे ?’ उनी थप्छिन, ‘त्यतिबेला मलाई लाग्यो कि मसग यही एउटा मौका छ ।’ १६ वर्षको सजायँः‘उत्तरमा मैले भनें, भविष्यमा केही हुनसक्छ । र यो प्रतिक्रियाले काम गर्यो । उनी निकै उत्साहित थिए र वास्तवमा नै मसग सम्बन्ध स्थापित गर्ने सोचिरहेका थिए । सधैं यसै बारे कुरा गर्दथे । मैले यस्तै गरिरहनुपर्छ भन्ने सोच बनाए ।’ जब हर्बालाई फिरौती रकम नपाउने महसुस भयो तब उनले एलिंगलाई मिलानमा बेलायती दूतावासको बाहिर छोडे । जब उनीहरु दूतावास खुल्ला हुने प्रतिक्षा गरिरहेका थिए तब केही प्रत्यक्षदर्शीले उनीहरुलाई एउटा क्याफेमा हासो ठट्टा गरिरहेको देखेका थिए । एलिंग भन्छिन, ‘यो अचम्म लाग्न सक्ला तर तपाईं यस्ता व्यक्तिको साथमा किन मूड अफ गर्नुहुन्छ जसले तपाईंलाई मन पराउछन् र आफ्नो भावनाका कारण तपाईंलाई स्वतन्त्र बनाइदिने तरखरमा छन् ?’ ‘मैले त्यो हरेक कुरा गरें जसमार्फत् उनलाई लागोस् कि मैले पनि उनलाई प्रेम गर्छु ।’

मिलानको अदालतमा मुद्दाको सुनुवाई पूरा भएपछि मूलरुपमा पोल्याण्डका नागरिक हर्बालाई १६ वर्षको जेल सजायँ तोकिएको छ । आफ्नो बचाउमा हर्बाले अदालतसामू आफूले एलिंगलाई पहिले नै भेटिसकेको र उनलाई प्रेम गर्न थालेको बताएका थिए ।

हर्बाले एलिंगको करियरमा मद्दत मिलोस् भन्ने उद्देश्यसहित एक स्क्यान्डल गरेर उनलाई पब्लिसिटी दिलाउन चाहेको दाबी गरे । महिलाद्वारा सबैभन्दा धेरै आलोचितः एलिंग भन्छिन, ‘म अहिले पनि पूर्ण रुपमा उनको उद्देश्य बुझ्न सकेको छैन । उनले दुई वर्ष अघि मलाई फेसबुकमा एड गरेका थिए । उनले मलाई छाने, त्यसको लागि पैसा मात्र हुनसक्दैन । उनी निकै लामो समयदेखि मेरो पिछा गरिरहेका थिए, हुनसक्छ मेरा लागि उनी पागल थिए ।’ हर्बाको पञ्जाबाट छुटेर बेलायत फर्किएपछि एलिंगले आफ्नो घर बाहिर टिभी पत्रकारस“ग कुराकानी गरेकी थिइन् । एलिंग निकै खुसी देखिएकी थिइन् । केहीले यसका लागि उनको आलोचना गरे । उनले जुन लुगा लगाएकी थिइन, त्यसमा पनि निकै आलोचना भयो । एलिंगका अनुसार उनी आफ्नो घर फर्कन पाउदा निकै खुसी थिइन् किनभने उनलाई लागेको थियो कि उनी अब कहिले पनि घर फर्कन पाउने छैनन् । उनी विमानबाट सिधै घर पुगेकी थिइन् । त्यतिबेला उनले टप र हाफ पाइन्ट लगाएकी थिइन् । ‘मैले पत्रकारसँग कुराकानी गरें किनभने कुराकानी पश्चात् उनीहरु त्यहाँबाट फर्कने मैले आशा राखेकी थिएँ, तर त्यस्तो भएन ।’ ‘मानिसहरुले म सधैं रोइरहँदा, बँकी संसारबाट आफूलाई छुट्टै राखूँ, क्यामरा अगाडि नआऔं भन्ने आशा राख्छन् । मैले यस्तो गर्न पनि सक्थें तर यो स्थितिबाट मानसिक रुपमा निस्कन कस्तो सहयोग पाइएला भन्ने सोच राखेकी थिए । यसबारे कुराकानी गरेर, मानिसहरुसग समय बिताएर यसबाट निस्कने कोसिस गरिरहेकी छु ।’ एलिंग आफ्नो अनुभवबारे किताब पनि लेखिसकेकी छिन् । उनका अनुसार हर्बा दोषी ठहरिएपछि पनि मानिसहरुले आफूमाथि शंका गरिरहेको देख्दा हाँसो उठ्छ । एलिंगका अनुसार उनले सबैभन्दा धेरै आलोचना महिलाको तर्फबाट नै सामना गर्नुपरेको छ । यसका लागि उनी मिडियालाई जिम्मेवार ठान्छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!