युक्रेनमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

SHARE:

एजेन्सी १७ जनवरी २०२३ ।

रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव फेला पर्न थालेको छ ।

रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो । उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप शव फेला परेको हो । आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेको छ । युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दावी गर्दै आएको छ ।

रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको छ । यसैबीच रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसको रक्षा मन्त्रालयले बेलारुस सधै रुसको साथमा रहने स्पष्ट पारेको छ ।

मन्त्रालयले बेलारुस रुसको एयरफिल्डमा सहभागी हुने समेत जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!