तिब्बतमा हिमपहिरोमा परी २८ जनाको मृत्यु

SHARE:

एजेन्सी २१ जनवरी २०२३ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।

हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्हवाले जनाएको छ । हिमपहिरोपछि काउन्टीलाई नइङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग बन्द भएको थियो । बाटो बन्द हुँदा गाडी तथा यात्रुहरु बाटोमै रोकिएका थिए ।

अहिले बाटोमा फसेका सबैको उद्धार सकिएको सिन्ह्वाले जनाएको छ । हिमपहिरो गएको क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!