सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु

SHARE:

एजेन्सी २३ जनवरी २०२३ ।

सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको सात तले भवन भत्कँदा ५ बालबालिकासहित १६ जनाको ज्यान गएको हो । सात परिवार बस्ने गरेको उक्त भवन जीर्ण भएकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । भवनका भग्नावशेषबाट एक जनालाई जीवित उद्धार गरिएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिकहरु रहने गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

गत सेप्टेम्बरमा पनि अलेप्पो नजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!