‘मनसँग मन’ र ‘आँधी तुफान २’ आजबाट प्रदर्शनमा

SHARE:

कठमाडौं १० फेब्रुअरी २०२३ ।

शुक्रबारबाट देशभर ‘मनसँग मन’ र ‘आँधी तुफान २’ नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।

दुवै चलचित्र देशभर एकअर्कोसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका हुन् । चलचित्रले राम्रो ब्यवसाय गर्ने आश भने निर्माण युनिटको छ । कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’ चलचित्रमा मा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

चलचित्रको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको समेत अभिनय रहेको छ । यो चलचित्र प्रेम र बदलाको कथामा आधारित छ । मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधीतुफान २’ एक एक्सन चलचित्र हो । निर्देशक मदन घिमिरेद्वारा निर्देशित चलचित्रमा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय रहेको छ ।

चलचित्रले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!