चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति सार्वजनिक

SHARE:

काठमाडौं १३ फेब्रुअरी २०२३ ।

अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति पनि सार्वजनिक भएको छ ।

सोमबार चलचित्र निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति पनि सार्वजनिक गरेको छ । चलचित्र अगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने उक्त फस्टलुक पोस्टरमार्फत जानकारी गराइएको छ । सार्वजनिक उक्त पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षा चित्रित छिन् । पोस्टर हेर्दा चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेको बुझ्न सकिन्छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय रहेको छ । श्रीधर पौडेल निर्माता रहेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!