काठमाडौं १४ फेब्रुअरी २०२३ ।

विगत २० वर्षदेखि अनवरत रूपमा नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा नेपाली वृत्तचित्र डढेलो उत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ ।
जसमा विभिन्न देशका १०० भन्दा बढी वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए । श्यामसन फिल्म प्रोडक्सनको ब्यनरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमा गरी ३० वटा भन्दा बढि फिल्म फेस्टीबलमा सहभागिता जनाएको छन् । उक्त वृत्तचित्रले काठमाडौँमा भएको पवर्ततिय चलचित्र महोत्सव (KIMFF) वृत्रचित्रमा जलवायु परिर्तन सम्बन्धी विधामा दोस्रो हुन सफल भएको थियो ।
त्यसैगरी अस्ट्रेलियाको ९म्बचभ तय कतचगननभि० सट फिल्म फेस्टीबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । त्यस्तै गरी नेपाल अमेरिका फिल्म फेस्टीबलमा पनि उक्त वृत्रचित्र (Dare to struggle) पाउन सफल भएको थियो । यो वृत्तचित्र सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर परेको छ, जल वायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण यस वृत्तचित्रमा देख्न सकिन्छ ।
उक्त वृत्तचित्र निर्देशक श्याम कार्की विगत लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र बनाउने कार्यमा अनवरत रुपमा लागि लागिरहेका छन् ।






