काठमाडौं ५ मार्च २०२३ ।

मिस तामाङ – २०२३ को ताज सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले पहिरेकी छिन् ।
राष्ट्रिय सभागृहमा हिजो साँझ आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै १५ औं संस्करणको ताज याङ्जी पहिरन सफल भएकी हुन् । ‘अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छरु’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ फर्काएकी उनले निर्णायकको मन जित्न सफल भएकी हुन्।
सिन्धुली कमलामाई–९ की उनलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गरे भने । प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङले पाउँदा सेकेन्ड रनर अप सिर्जना गोले तामाङ बनिनन् ।
प्रतियोगितामा बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले बेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङले मिस फोटोजेनिक टाइटल पाएका थिए ।






