साबित्री गुरुङको आयो तेस्रो गीत ‘सलल पानी डुंगामा’ [भिडियो]

SHARE:

काठमाडौं १८ मार्च २०२३ । गायिका साबित्री गुरुङको तेस्रो गीत सार्वजनिक भएको छ । निभ्दैन आशाको दियो गीत निकालेको दुई महिना नबित्दै गायिका गुरुङले शु्क्रबार लोकगीत ‘सलल पानी डुंगामा’ सार्वजनिक गरेकी हुन् । शब्द, संगीत र स्वर आफ्नै रहेको उक्त गीत गुरुङले साबित्री गुरुङ युट्युब च्यानलमार्फत रिलिज गरेकी छन् ।

दिप गुरुङ निर्देशित म्युजिक भिडियोको म्युजिक एरेन्जरमा गन्धर्भ, मिक्सिङ÷मास्टरिङ जय देवकोटा रहेका छन् । भिडियोमा अभिनय पछिल्लो पुस्ताकी चर्चित मोडल एवं नायका लक्ष्मी गुरुङ र नवप्रवेशी रेमबहादुर गुरुङले गरेका छन् । ऐतिहासिक जिल्ला गोरखा र चितवनमा छायांकन गरिएको भिडियोमा बालकलाकार प्रबल गुरुङ, ज्ञान सुब्बा गुरुङ, श्रेया गुरुङलाई पनि अवसर दिइएको छ ।

सिनेमाटोग्राफरमा मधुर बस्नेत, सम्पादन मेक थापाले गरेका छन् । पुरानो स्रष्टाको रुपमा चिनिने गायिका  गुरुङले गीत हेरेर प्रतिक्रिया दिन अनुरोध गरेकी छन् । ’मेरो तेस्रो गीत सलल पानी डुंगामा आजबाट sabitri gurung YouTube channel ma प्रसारण भइसकेको छ, कृपया सबै जनाले हेरी like comments, share subscribe गरी दिनु हुन अनरोध गर्दछु ।’

साबित्रीले पहिलो एल्बम डोरीको फुन्दा बजारमा ल्याएकी थिइन् । मौलिक लोकलयलाई ख्याल गरेर गीत पस्कने उनले गायन क्षेत्रलाई निरन्तरता दिन अर्को गीत निकालेको प्रतिक्रिया जनाएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!