नेपाल भाषाको उत्कृष्ट गायनतर्फको अवार्ड राजेन्द्र डंगोललाई

SHARE:

काठमाडौं १८ मार्च २०२३ ।

नेपाल भाषाको उत्कृष्ट गायनतर्फ सञ्‍चारकर्मी तथा गायक राजेन्द्र डंगोल अवार्ड पाउन सफल भएका छन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्डको छैटौँ संस्करणमा उनले यो अवार्ड पाएका हुन् । उनले वि।स २०७९ मा ुचकना चकनाु नेवार भाषाको गीत सार्वजनिक गरेका थिए। उक्त गीतमा नातिकाजी महर्जनको शब्द, संगीत र एरेन्ज जुगल डंगोलले गरेका थिए । राजेन्द्रले नेपाल भाषाका करिब तीन दर्जन गीत सार्वजनिक गरिसकेका छन् अन्य गीतका तीन एल्बम बजारमा ल्याएका छन्। डंगोल थाहासञ्चार नेटवर्कमा आबद्ध छन् ।

पावर इन्टरनेसनल मिडिया नेपाल पिम नेपालको आयोजनामा सम्पन्न भएको अवार्ड कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथि थिए । कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँबर, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ दावा, रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुइँटेल, संगीतकार शंकर थापा स्माइल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश केसीलगायत व्यक्तित्व समारोहमा सम्मानित भएका थिए ।

‘नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल नारा लिएर विगत ६ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने भाषाभाषीहरूमा बनेका गीत र गीतका भिडियोलाई प्रोत्साहनस्वरूप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको आयोजक समितिका अध्यक्ष माधवराज खरेलले जानकारी दिए । सो समारोहमा अवार्डतर्फ उत्कृष्ट आधुनिक गायकको अवार्ड अभिनय यादव र गायिकाको अवार्ड बेनिशा पौडेलले प्राप्त गरे भने पपुलर गायकको अवार्ड शिव परियारले ‘धोकेबाज’बाट प्राप्त गरेका छन् ।

आधुनिक संगीतकारको अवार्ड अर्जुन पोखरेल, गीतकारको अवार्ड सुनिल संगम, भिडियोतर्फ आधुनिक गीत म्युजिक भिडियो निर्देशकको अवार्ड कृष्णदेव रूपाखेती, निर्देशक जुरी अवार्ड दिनेश ठकुल्ला, पुरुष मोडलको अवार्ड दिलिप ओखेडाले महिला मोडलको आवर्ड सृष्टि श्रेष्ठ र मोडलतर्फ नै जुरी अवार्ड लाक्पा लामाले प्राप्त गरेका छन्। लोकपपतर्फ उत्कृष्ट गायकको अवार्ड ‘सके हसाउँछु’बाट कृष्ण काफ्ले गायिकाको अवार्ड ‘मनको धोको’बाट निता आचार्य, गायिकाको जुरी अवार्ड ‘तिम्रो मायाले न हो’बाट सरिता भारतीले प्राप्त गरे ।

लोकपपमै गायिका पब्लिक च्यवाइस अवार्ड वसन्ती राई, गीतकारको अवार्ड भानु आचार्य, गीतकार जुरी अवार्ड पुरुषोत्तम सानु, संगीतकारको अवार्ड मानस राज, संगीतकार पब्लिक च्वाइस अवार्ड टीका बम्जन, नवप्रतिभा गायन अवार्ड दीपेन्द्र सोनामलाई प्रदान गरिएको थियो। लोकपपमै नवप्रतिभा पुरुष मोडलको अवार्ड विकतिस शर्मा, नवप्रतिभा मोडल जुरी अवार्ड सुदीप श्रेष्ठ, नवप्रतिभा महिला मोडल अवार्ड कुमारी बराइलीले प्राप्त गरे । यस्तै, उत्कृष्ट युगल गायनको अवार्ड नवीन कार्की र मेलिना राई, युगल गायनमै जुरी अवार्ड देवीका बन्दना र कुमार सानुले र उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड गीतकार प्रकाश सुवेदीले प्राप्त गरे।

त्यस्तै, लोकदोहोरीतर्फ उत्कृष्ट शब्दको अवार्ड नारायण कँडेल, शब्दतर्फ नै जुरी अवार्ड अनिल खनाल, लोकदोहोरी गायकको अवार्ड ‘जलजला’बाट कुलेन्द्र विक, जुरी अवार्ड शक्ति चन्द र गायिकाको अवार्ड ‘दिलको राजा’बाट बिन्दु बिहानीले हात पारेका छन् । लोकदोहोरी गायिकाकै जुरी अवार्ड सुशीला गौतम, लोकदोहोरी लयतर्फको अवार्ड श्रीकृष्ण बम मल्ल, लोकदोहोरी म्युजिक भिडियो मोडल पुरुषको अवार्ड प्रकाश तामाङ, महिला मोडलको अवार्ड कविता न्यौपाने, नवप्रतिभा मोडलको अवार्ड यमुना रसाल, म्युजिक भिडियो निर्देशकको अवार्ड शिव विक, कोरियोग्राफरको अवार्ड अजय स्याङ्तान, पपुलर कोरियोग्राफरको अवार्ड गम्भीर विष्टलाई प्रदान गरिएको थियो । लोक दोहोरीतर्फ नै उत्कृष्ट भिडियो सम्पादकको अवार्ड अमृत चापागाईंले, भिडियो छायांकारको अवार्ड दीपक गिरी प्राप्त गरे ।

यस्तै, ध्वनि मिश्रणको अवार्ड डिका गुरुङ, संगीत संयोजक ९एरेन्जर०को अवार्ड पुष्कर खत्री, बालप्रतिभा गायनतर्फको अवार्ड सुप्रिम मल्ल, उत्कृष्ट बालप्रतिभा मोडल जुरी सम्राट दाहाल, बालप्रतिभा गायन इन्करेज्मेन्ट अवार्ड उपमा थपलियाले प्राप्त गरेका थिए । समावेशीतर्फ उत्कृष्ट मौलिक भाषाभाषी गीत गायन अवार्ड सामसोधा मुन्धुम लिम्बूबाट झुमा लिम्बूले प्राप्त गरिन्। मौलिक भाषाभाषी गीतको अवार्ड तामाङ गीतबाट अनु लामा, डेउडा भाका गीतको अवार्ड दीपा रोकाया, डेउडा भाका गीत गायिका जुरी अवार्ड शान्ति शाही चन्दलाई प्रदान गरिएको थियो ।

यस्तै, डेउडा भाका भिडियो अवार्ड एलपी शर्मा, डेउडा भाका भिडियो पब्लिक च्वाइस अवार्ड जनक सिंहले प्राप्त गरे। उत्कृष्ट काठे भाका गीतको अवार्ड अमृत खाती, काठे भाका गायनको अवार्ड फूल फुल्यो अमलाबाट नमराज ढुंगानाले प्राप्त गरे। यस्तै, उत्कृष्ट नेपाल भाषा गीतको अवार्ड प्रकाशदीप श्रेष्ठ, तामाङ भाषा उत्कृष्ट गीतको अवार्ड मदन घ्लान, तामाङ भाषा म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर घिसिङले प्राप्त गरे ।

त्यस्तै, मैथिली भोजपुरीतर्फ उत्कृष्ट गीतको अवार्ड विद्यानन्द बेदर्दी, मैथिलीरभोजपुरी भाषातर्फ नै उत्कृष्ट गायन अवार्ड वीरेन्द्र झा, यही विधामा पुरुष मोडलको अवार्ड विक्रम गुप्ता र महिला मोडलको अवार्ड मेनुका माझीले प्राप्त गरेका हुन् । पप आर्टिष्टको अवार्ड विक्रम गौतम र दशकको गायकको अवार्ड पिरतीको तालमा गीतबाट हरिकुमार कर्माचार्यले प्राप्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!