‘पाताल लोक २’ सिरिजबाट प्रशान्त तामाङले गरे बलिउड डेब्यू

SHARE:

काठमाडौं २० मार्च २०२३ ।

अभिनेता एवं गायक प्रशान्त तामाङले ‘पाताल लोक २’ नामक सिरिजबाट बलिउडमा डेब्यू गरेका छन् ।

तामाङ सन् २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा मुख्य भूमिकामा छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सिरिजको छायांकन पूरा भएको जानकारी गराएका छन् । सिरिजको छायांकन ७४ दिनमा सकिएको थियो । सिरिजलाई अविनाश अरुण र प्रोसित रोयले निर्देशन गरेका हुन् । सन् २०२३ को अन्त्यतिर अमेजन प्राइम भिडियोमा सिरिज रिलिज हुन सक्नेछ ।

सिरिजमा जयदीप र प्रशान्तसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्त लगायतको पनि अभिनय रहेको छ । तामाङ अभिनित नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ । उनले ‘गोर्खा पल्टन’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ जस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।

भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि जितेपछि चर्चामा आएका तामाङले थुप्रै नेपाली गीतहरू गायका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!