बीसीसी युकेद्वारा खेन्पो गुरुहरुको स्वागत तथा बिदाइ

SHARE:

लन्डन ११ अप्रिल २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खेन्पो गुरुहरुको स्वागत तथा बिदाइ गरेको छ । गत आइतबार ९ अप्रिलका दिन खेन्पो फूर्बा तेन्बाको स्वागत तथा खेन्पो टासी छिरिङ्गको बिदाइ गरिएको हो ।

बीसीसी युकेको निमन्त्रणामा गत अक्टोबर महिनामा बेलायत आएका सेचेन गुम्बाका खेन्पो टासीलाई गत २ एप्रिलका दिन बीसीसी युकेले औपचारिक रुपमा बिदाइ गरिएको भए तापनि नेपाल फर्कने क्रममा आइतबार दिउँसो पनि बिदाई गरियो । सो पश्चात् सोही दिन बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका सेचेन गुम्बाका खेन्पो फुर्बा तेन्बालाई बीसीसी युके गुम्बामा स्वागत गरिएको थियो ।

उनीहरुको स्वागत तथा बिदाईमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङ, धर्म गुरु टुल्कु जिग्मे सामतेन, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, कोषाध्यक्ष मेजर शंकर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङलगायतको बिशेष उपस्थितिमा बिदाई गरिएको हो । त्यस्तै, खैबा तिर्थ गुरुङ, लामा सानो लामा, आमाहरु, सल्लाहकारलगायत भक्तजनहरुको उपस्थिति रहेको थियो ।

खेन्पो टासीले बीसीसी गुम्बामा रहेर बौद्ध दर्शन, पूजा विधीलगायतको बिषयमा अध्यापन गराएका थिए । त्यस्तै, उनले बौद्ध ग्रन्थहरुको अनुवाद गर्ने, पुजापाठहरु गर्ने, कर्मकाण्डहरु गर्ने, हेरकोरलगायत भक्तजनहरुसंग साक्षात्कार गरेका थिए । साथै, केही महिनाका लागि बेलायत आएका खेन्पो फुर्बा तेन्बाले समेत बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गर्ने, बौद्ध धर्मसँग सम्बन्धित पुस्तकहरु अध्यापन गर्ने, पूजापाठ तथा कर्मकाण्ड गर्ने बीसीसी युकेले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!