यी हुन् विनेसाम बेलायत पश्चिम शाखाको भर्चुअल बैठकका पाँच निर्णय

SHARE:

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) बेलायत पश्चिम शाखाको चौथो औपचारिक कार्यसमिति बैठकले पाँचवटा निर्णय गरेको छ।

८ अक्टोबर २०२६, बिहीबार जुममार्फत सम्पन्न बैठकले निवर्तमान अध्यक्षलाई ‘संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार’का रूपमा सम्बोधन गर्ने निर्णय गरेको हो । बैठकले विनेसाम दक्षिण तथा मिडल्याण्ड शाखालाई आमन्त्रण गरी आपसी परिचय तथा स्वागत गर्ने, नवनिर्वाचित सल्लाहकारहरूलाई स्वागत गर्ने र सिर्जना वाचन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, एक महिनाअघि नेपालमा गएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपालीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ।

शाखा अध्यक्ष गोमा रानाको अध्यक्षतामा सम्पन्न बैठकमा संरक्षक डा.सुमाया राई, संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार लाल सुन्दर राई, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु, सचिव गङ्गा भण्डारी, कोषाध्यक्ष राजेन्द्र राई तथा सदस्यहरू रघु भण्डारी, होमा लिम्बु, जगना गुरुङ र प्रतिमा केसीको उपस्थिति थियो। सदस्य सेमन्त राईले भने क्षमायाचना पठाएका सचिव गङ्गा भण्डारीले जानकारी गराएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!