नेपाली समाज विल्टशायर यूकेद्वारा बाढीपीडितका लागि १४ लाख ७४ हजार सहयोग

SHARE:

जयराम तामाङ
स्विन्डन, बेलायत । नेपाली समाज विल्टशायर यूकेले नेपालमा भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि संकलन गरेको १४ लाख ७४ हजार ३०० रुपैयाँ गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको छ।

समाजले सहयोग रकमको चेक अक्टोबर ९ शुक्रबारका दिन सांसद एलिजा गुरुङमार्फत गृहमन्त्री गुरुङलाई गृह मन्त्रालयस्थित उनकै कार्यकक्षमा हस्तान्तरण गरिएको हो । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिए पनि चेक भने गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ।

सहयोग रकममध्ये नेपाली समाज ज्येष्ठ नागरिक स्विन्डनबाट ३ हजार ३०० पाउन्ड, फेथ हिमालयन चर्च स्विन्डनबाट १ हजार ७० पाउन्ड र बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा स्विन्डन टाउनमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने क्रममा संकलित ४३७ पाउन्ड रहेको छ। यसबाहेक विभिन्न मनकारी व्यक्तिहरूबाट प्राप्त सहयोगसमेत समेटेर उक्त रकम संकलन गरिएको समाजले जनाएको छ ।

नेपाली समाज विल्टशायरका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञानप्रसाद गुरुङ, अध्यक्ष रञ्जन मल्ल र सचिव विष्णु गुरुङले सहयोग गर्ने सबै दाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!