भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

SHARE:

एजेन्सी १ जुलाई २०२३ ।

भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रूतमार्गमा एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ जाँदै गरेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर जाँदा एउटा खम्बामा ठोकिएर दुर्घटनामा परेको हो । ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो लागेको हो ।

आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको छ । दुर्घटनामा बाँचेका केही यात्रुमात्र सिसा फोरेर बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!