दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु

SHARE:

एजेन्सी ६ जुलाई २०२३ ।

दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु भएको छ ।

जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नाइट्रेट अक्साइड ग्यास प्रायः अवैध सुन खानीहरूमा सुन निकाल्न प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बक्सबर्गको घनघोर जनसंख्या भएको एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो ।

मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेका थिए । रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने समाचारमा उल्लेद गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!