ब्राजिलमा भवन भत्किँदा नौ जनाको मृत्यु

SHARE:

एजेन्सी ८ जुलाई २०२३ । ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय ९एसडीएस० लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच, आठ, बाह्र र सोह्र थियो । उद्धारकर्मीले शनिबार बिहान १९ वर्षीय एक युवकको शव लाई भग्नावशेषबाट बाहिर निकालेको छ ।

एसडीएसका अनुसार राज्यको राजधानी रिसिफको बाहिरी इलाकामा रहेको जाङ्गा जिल्लामा अर्को एउटा भवन भत्किएर भग्नावशेषमा पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य पाँच जना अझै हराइरहेका छन् ।

जाङ्गा ब्राजिलको पर्नाम्बुको राज्यको पाउलिस्टा शहरको छिमेकी जिल्ला हो । एसडीएसले आफ्नो फेसबुक पेजमा कन्जुन्टो बेइरा मार भवनमा शुक्रबारदेखि जारी उद्धार प्रयासमा सहयोग गर्न अग्निनियन्त्रक र सार्वजनिक सुरक्षा टोलीहरू यस क्षेत्रमा पठाइएको जनाएको थियो ।

भूकम्पका कारण भएका क्षतिबारे थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!