नेपाल पत्रकार महासंघ यूके वर्ष पत्रकारिता पुरस्कार नरेशलाई दिइने

SHARE:

लन्डन ९ जुलाई २०२३ । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि शाखाले डा. बच्चुकैलाश कैनीको संयोजकत्वमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र लक्ष्मी राई (लारा) रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो । शाखाले यसअघि १ जुन २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो

सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो । खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि सो पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ यूकेका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा र किंग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्समा स्नातकोत्तर गरेका छन् ।

वि.सं. २०५९ देखि पत्रकारितामा प्रवेश गरेका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आएका छन् । उनले दृष्टि साप्ताहिक, राष्ट्रियपथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, सगरमाथा टेलिभिजन, युरोपको नेपाली पत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ । यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नविन पोखरेल र खेमराज रानाभाटले पाइसकेका छन् । पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सव तथा च्यारिटी नाइटमा वितरण गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!